Home
Announcements
    सुरुङमार्ग बन्छ, बन्नैपर्छ, कुनै न कुनै विकल्पमा बनाउँछौं      ‘काठमाडौं–हेटौंडा सुरुङमार्ग जसरी पनि बनाईन्छ, दायाँबायाँ हुँदैन’      सुरुङमार्ग बन्न नदिए हामी चुप लागेर बस्दैनौं        कार्यालय सरेको अत्यन्त जरुरी सूचना       हाम्रो मेगा प्रोजेक्टले नेपालको इतिहासमा ठूलो परिवर्तन ल्याउनेछ        NPBCL submits fresh financial closure report       सुरुङमार्गको पर्खाइमा राजधानी             

Press Releases


दोस्रो वार्षिक साधारण सभा सम्पन्न
(प्रेस विज्ञप्ती)

मिति: २०७१।१०।१

निजी लगानीमा पूर्वाधारहरुको निर्माण गरी समृद्ध एवं सम्पन्न राष्ट्र निर्माण गर्ने उदेश्य राखी उद्योगी/व्यवसायी, प्राविधिज्ञ, निर्माण व्यवसायी, स्थानीय जनता तथा निकायहरुको एकिकृत प्रयासबाट स्थापना भएको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले हिजो मिति २०७१।०९।३० मा आफ्नो दोश्रो वार्षिक साधारण सभा सम्पन्न गरको छ ।

उक्त साधारण सभाले  आ.व. २०७०/०७१ को आर्थिक विवरण सहितको अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन सर्वसम्मत पारित गरेको छ । त्यसै गरी साधारण सभाले काठमाण्डौ-कुलेखानी-हेटौडा-सुरुङ्गमार्ग परियोजनालाई यथाशिघ्र सुरु गरी निर्धारित समयमा सम्पन्न गर्न र अन्य थप लगानीकर्ताहरुलाई कम्पनीमा समाबेस गराउन सहज हुने गरि निती निर्माण गरी अगाडी बढ्ने निर्णय भएको छ ।

विभिन्न समयमा अनर्गल प्रचार भएता पनि, कम्पनीले हालसम्म भए गरेका प्रगतिका कारण शेयरधनीहरु उत्साहित रहेको र उहाहरुबाट सके सम्म चाडो निर्माण कार्य प्रारम्भ गर्न सुझाब प्राप्त भएको छ । आर्थिक श्रोतको ब्यवस्थापनको पक्षमा कम्पनीले आशातित सफलता प्राप्त गरेको जानकारी सभालाई गराइएको थियो । २०७१ भाद्र ७ गते सम्पन्न क्यानेडियन कम्पनीहरुसँग परियोजनामा लगानी गर्ने बारे Master Agreement  भए पछि उक्त सम्झौता भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, उद्योग विभाग, लगानी बोर्ड तथा नेपाल राष्ट्र बैकमा प्रक्रियागत रुपमा पेश गरी आवश्यक स्विकृतीको लागि पहल भईरहेको छ । क्यानेडिय कम्पनीका प्राविधीकहरुले काठमाण्डौ कुलेखानी हेटौडा सुरुमार्ग परियोजना क्षेत्रको हवाई निरिक्षण तथा  परियोजनाको मुख्य सुरुङ् निर्माण स्थल कुलेखानीको स्थलगत भ्रमण गरी यसको भौगोलिक अवस्थाको समेत अध्ययन गरी सकेका छन् । परियोजनको Project Assessment Review गर्न क्यानडियन कम्पनी exp Services Inc  सँग मिति २०७१।८।२४ मा गरिएको परामर्स सेवा सम्झौता अनुसार उक्त कम्पनीले परियोजनको जोखिम विश्लेषण, इन्जीनियरिङ्, वातावरणिय, सामाजिक तथा भूमि ब्यवस्थापन, संभार तथा संचालन, अनुमानित लागत आदिको अध्ययन गरी मस्यौदा  प्रतिबेदन तयार गर्ने काम भईरहेको छ । विस्तृत ईन्जीनियरीङ्ग डिजाईन, सुपरीबेक्षण तथा निर्माणका कार्यहरु सँगसँगै अघी बढाई रहेको र Detailed Survey, Investigation, Engineering Design & Drawing document  को मसौदा प्रतिबेदन तयार पारी नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा पेश गरी सकिएको छ । जग्गा जमिनको अन्तिम मुल्यदरहरु तय गर्ने, परिमार्जीत Alignment area  को विवरण संकलन गर्ने कार्यहरु पुरा गरी EIA को परिमार्जीत मसौदा तयार गर्ने कार्य तर्फ कामहरु भई रहेको, सरकारी जग्गाको विवरण सहित मस्यौदामा उल्लेख भए बमोजीम दर रेट तय गर्ने कार्य समेत भई रहेको छ ।

अन्ततः यस कम्पनीको सञ्चालक समितिको तर्फबाट कम्पनीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्ने सम्पुर्ण संस्थापक शेयरधनीहरु, प्राविधिकहरु, कम्पनीका कर्मचारीहरु, निर्माण ब्यवसायीहरु, स्थानीय जनता एवं निकायहरु, राष्ट्रप्रेमी जनसमुदाय, सम्पूर्ण राजनीतिक दलका कार्यकर्ताहरु, नेपाल सरकार तथा सञ्चार जगत एवं सरोकार राख्नुहुने सम्पुर्ण पक्षबाट प्राप्त सहयोग, समर्थन एवं सद्भावको लागि हार्दिक आभार व्यक्त, गर्दै निरन्तर सहयोग एवं सद्भावको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्दछौ ।

धन्यवाद

 

कुशकुमार जोशी
अध्यक्ष


NPBCL, Canadian companies sign deal on USD 280 Million investments in KKHT Highway

Kathmandu, August 23

Nepal Purwadhar Bikash Company Ltd. (NPBCL) and Canadian companies have signed Master Agreement here today on a Project finance of USD 280 million to finance the construction of the NPBCL project to build Kulekhani-Hetauda Tunnel Highway.

The agreement to this effect was signed by Mr. Kush Kumar Joshi, Chairman of the NPBCL and representatives of Infrabanx Corporation, Shej Global Canada, and Global Financial Associates Canada.

NPBCL, a company promoted to undertake construction of infrastructures in the country, has recently agreed to investment from foreign parties to construct the Tunnel Highway, whereas it had mobilized investments only from Nepalese and Non-resident Nepalese in the past.

Under the deal, the Canadian companies have agreed to make available for a minimum period of 15 years the credit amount, which will be paid back to the lenders from the income proceeds after the completion of the construction works. The detail will be work out in the Loan Agreement. The Canadian companies are the renowned international companies having a strong and adequate capital base and proven experience and expertise in exploring appropriate investment opportunities for national and international level capital and mobilizing them in a secured way to finance the projects of economic development and infrastructure construction.

The companies have successfully invested in the areas including infrastructure construction, health and education in different countries across the world, and have chosen Nepal as their new investment destination to share their expertise and experience. 

The under-construction Tunnel Highway is the high-priority project of the country as the highly important project of the NPBCL also. With an estimated construction cost of USD 350 million, the 58-km long Tunnel Highway project will pay out an annual earnings of 16.68 percent approximately.

It is because of the company's continuous effort and trust on the company leadership, the world renowned Canadian companies have agreed to invest in this project in recognition of the achievements made by the NPBCL so far.

For this investment project, experts from EXP, an American company has been conducting a Technical Due Diligence and those from The Total Infra Solution doing a Financial Due Diligence.

With this agreement signed today, the Tunnel Highway project on which the high hopes of national development and prosperity achievable through substantial infrastructure development hinge has been made possible.

The NPBCL has already completed the technical designs and submitted a report on local environment impact assessment to the government after comprehensive discussions and dialogue with the local stakeholders.

We, at the NPBCL, have become an example to lead the construction of such projects of national importance and prestige as it can transform the national development scenario of the country; we hope this can also help transform our country into a beautiful, prosperous country and we can proudly assert that we are a part of it.

We, at the NPBCL, would also like to sincerely thank Infrabanx Corporation, Shej Global Canada, and Global Financial Services Canada for making possible our national campaign of building a prosperous Nepal.

We, at the NPBCL, would also like to offer our sincere thanks to Nepal Government, technicians and experts, different organizations, business houses, media world, Nepali citizens, shareholders, well-wishers and merchant bankers.

“Nepal is a country of possibilities and we are now determined to be part of this project. They call it a hero project for Nepal and we really found it a hero project. We will plan to finish formalities in less than 6 months to process and roll out.” -Sam Bouji


वातावरणीय प्रभाव मूल्याङ्कनको सार्वजानिक सुनुवाई सम्पन्न

मिति २०७१।३।३२

काठमाण्डौं — कुलेखानी — हेटौंडा सुरुङ्गमार्ग निर्माणको लागि वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) को सार्वजनिक सुनुवाइको कार्य सम्पन्न भएको छ । यही २०७१ आषाढ २७, २८ र २९ गते मकवानपुर र काठमाण्डौका विभिन्न स्थानमा आयोजना गरिएको कार्यक्रम स्थानीय सरोकारवालाहरुको भब्य उपस्थितीका विच सम्पन्न भयो ।

उक्त कार्यक्रम २७ गते मकवानपूरको भैंसे (सानटार) र निवुवाटार तथा २८ गते मकवानपूरकै कुलेखानी र काठमाण्डौको सेतिदेवीमा आयोजना गरिएको थियो । त्यसै गरी २९ गते टौदहमा आयोजना गरिएको थियो । यो परियोजना निर्माण कार्य सम्पन्न गर्न ढिला गर्नु नहुने र यसलाई सफल पार्न स्थानीयको तर्फबाट सक्दो सहयोग गर्नेमा उपस्थितहरुले जोड दिएको थिए । नेपाल पूर्वाधार विकास कम्पनी लिमिटड काठमाण्डौंकुलेखानी—हेटौडा सुरुङ्ग मार्गको निर्माण तथा संचालनको उदेश्यले निजी तथा स्थानीय जनताको प्रत्यक्ष संलग्नता सहितको 4P अवधारणा अनुरुप पूर्वाधार संरचनाको निर्माण तथा संचालनमा निजी लगानी संम्वन्धी ऐन २०६३ र यस अन्तरगत बनेका नियमावलीको आधारमा, निर्माण गरी संचालन गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट अनुमती समेत प्राप्त गरी वातावरणीय प्रभाव मूल्याङ्कनको कार्य अन्तिम चरणमा छ ।

यस काठमाण्डौं—कुलेखानी—हेटौंडा सुरुङ्ग मार्ग निर्माण तथा संचालन प्रस्तावको कार्यान्वयनको सिलसिलामा वातावरण संरक्षण ऐन बमोजिमको वातावरणीय प्रभाव मूल्याङ्कन (EIA) प्रतिवेदन तयार भईसकेको र नियमानुसार उक्त प्रतिबेदनका बारेमा सार्वजनिक सुनुवाइको आयोजना गरी थप राय सुझाव संकलन गर्नुपर्ने प्रावधान अनुसार यो सार्वजानिक सुनुवाई सम्पन्न गरीएको हो ।

टीबीआई होल्डिङ्स क. लिमिटेडका तर्फबाट संचालकहरु मनोनित

काठमाडौ – कुलेखानी – हेटौडा सुरुङ्गमार्ग निर्माणको अगुवाई गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको १ अर्ब रुपैया बराबरको शेयर खरिद गरेको टिबीआई होल्डिङ्स कम्पनी लिमिटेड जापानका तर्फबाट उक्त कम्पनीका अध्यक्ष र सोही कम्पनीका कार्यकारी प्रमुख यस कम्पनीको संचालक समिति सदस्य पदमा मनोनित हुनु भएको छ । नेपाल पूर्बाधार विकास कम्पनीको मिति २०७१।०३।२२ गते वसेको संचालक समितिको बैठकले उहाहरुलाई विधिवत स्वागत गरेको छ ।

टिबीआई होल्डिङ्स कम्पनी जापानमा बसेर व्यवसाय गरिरहेका सफल तथा युवा ब्यवसायी भवन भट्टको स्वामित्वमा रहेको कम्पनी हो । भट्ट गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत हुनुहुन्छ । विदेशमा बसेर आफ्ना लागि धेरै गरीसकेको र आफ्नो जन्मभूमिका लागि पनि केही गर्नु पर्छ भन्ने भावनाले यो परियोजनामा लगानी गरेको बताउदै यसको सफलताका लागि कुनै पनि कसर बाकी नछोड्ने र कुनै पनि हालतमा सफल बनाउनेमा आफु कटिवद्ध रहने कुरामा जोड दिनु भएको छ । निर्माण सञ्चालन स्वामित्व र हस्तान्तरण (BOT) अन्तर्गत निर्माण गरिने राष्ट्रिय गौरवको यस परियोजना अघि बढाउन गैर आवासीय नेपालीहरुसंगको यो सार्थक साझेदारीलाई नेपाल पूर्वाधार विकास कम्पनीले निकै महत्वपूर्ण ठानेको छ । यो सुरुङ्गमार्ग  मुलुककै प्राथमिकताप्राप्त परियोजना हो भने नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको पनि पहिलो तथा प्रमुख महत्वको योजना हो । निरन्तर प्रयासलाई विश्वास गर्दै यस कम्पनीलाई सरकारले दिएको जिम्मेवारी पूरा गर्न कम्पनी सधैं लागि परेको कुरामा जोड दिदै कम्पनीका अध्यक्ष कुश कुमार जोशीले नेपालको आर्थिक क्षेत्र तथा पूर्वाधार संरचनाहरुलाई नै परिवर्तन गरेर मुलुकको समृद्धिको दिशामा कोशे ढुंगा सावित हुने यस परियोजनाले संलग्न हुनु भएकोमा संचलकद्वय श्री भट्ट र श्री न्यौपानेलाई हार्दिक बधाई दिदै कम्पनीको संचालकमा स्वागत गर्ने अवसर दिनु भएकोमा धन्यवाद गर्नु भएको छ ।


नेपाल पूर्वाधार विकास कम्पनी र टीबीआई होल्डिङ्स लि विच शेयर खरिद सम्झौता हस्ताक्षर कार्यक्रममा जारी गरिएको प्रेस विज्ञप्ती

NPBCL
मिति २०७१।१।३

काठमाडौ– कुलेखानी–हेटौडा सुरुङ्गमार्ग निर्माणको अगुवाई गरिरहेको नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडको १ अर्ब रुपैया बराबरको शेयर टिबीआई होल्डिङ्सले खरिद गर्ने गरी मंगलबार राजधानीमा आयोजित एक कार्यक्रममा कम्पनीका अध्यक्ष कुशकुमार जोशी तथा टिबीआईका अध्यक्ष भवन भट्टवीच शेयर खरिद सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।

जापानमा बसेर सफल व्यवसाय गरिरहेका भट्ट गैरआवसीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष समेत हुनुहुन्छ । निर्माण सञ्चालन स्वामित्व र हस्तान्तरण (BOOT) अन्तर्गत निर्माण गरिने राष्ट्रिय गौरवको यस परियोजना अघि बढाउन गैर आवासीय नेपालीहरुसँगको यो सार्थक साझेदारीलाई निकै महत्वपूर्ण ठानिएको छ ।

नेपाल पूर्वाधार विकास कम्पनी स्वदेश र विदेशमा बस्ने नेपालीहरुको लगानी, दक्षता, विशेषज्ञता एवं श्रोतलाई एकिकृत एवं समुचित व्यवस्थापन गरेर मुलुकका लागि महत्वपूर्ण ठानिएका पुर्वाधार निर्माण गर्ने उद्देश्यले स्थापित पब्लिक लिमिटेड कम्पनी हो । यो सुरुङ्गमार्ग मुलुककै प्राथमिकताप्राप्त परियोजना हो भने कम्पनीको पनि प्रमुख महत्वको योजना हो । यो मार्ग नेपालमा पहिलो पल्ट सडक प्रयोग बापत प्रयोगकर्ताहरूसंग शुल्क उठाउने अनुमति सहित निजी क्षेत्रलाई सरकारले अनुमति दिएको परियोजना हो । निरन्तर प्रयास र नेतृत्व क्षमताप्रति विश्वास गर्दै यस कम्पनीलाई सरकारले जिम्मेवारी दिएपछि यसले स्वभाविक रूपमा सबैको ध्यानाकृष्ट गरेको छ र नेपालको आर्थिक परिदृष्य तथा पूर्वाधार संरचनाहरु नै परिवर्तन गरेर मुलुकको समृद्धिको दिशामा कोशे ढुंगा सावित हुने अपेक्षा गरिएको छ । यतिमात्र नभएर सिमित श्रोत साधन भएका धेरै जनतालाई लगानीको अवसर समेत यसले प्रदान गर्ने छ ।

५८ किलोमिटर लामो यो काठमाडौ– कुलेखानी–हेटौडा सुरुङ्गमार्गले राजधानीलाई हेटौडासम्म चार लेनको द्रुतमार्गमार्फत जोड्नेछ । यो राजमार्ग निर्माणभएपछि काठमाडौबाट हेटौडा एक घन्टाभन्दा कम समयमा पुग्न सकिनेछ । तीनवटा भिन्न गरी जम्मा ४ दशमलब ५५ किलोमिटर सुरुङ्ग यो राजमार्गमा हुनेछ भने यस परियोजनाको कुल लागत करिब ३५ अर्ब नेपाली रुपैया हुने छ । यो सडकबाट आवत जावत गर्नेहरुसँग यात्रा दुरी घट्दा बचन हुने जम्मा इन्धनको एक तिहाई रकम शुल्कका रुपमा उठाइनेछ । यो परियाजनाका लगानीकर्ताहरुका लागि बार्षिक १७ दशमलब ३५ प्रतिशत प्रतिफल प्राप्त हुनेछ भने इक्वीटी प्रतिफल १९ दशमलब ७ प्रतिशत हुनेछ ।

हस्ताक्षर कार्यक्रममा कम्पनीका अध्यक्ष जोशीले निजी क्षेत्रले देशको आर्थिक परिदृष्यमै परिवर्तन ल्याउन सक्ने यस्ता ठूला पुर्वाधार परियोजना निर्माणको नेतृत्व गरेर उदाहरण बन्नु पर्ने आवश्यकता औल्याउदै राष्ट्रिय गौरबको यो आयोजनामा आम जनतालाई पनि लगानीको अवसर प्रदान गरेर राष्ट्र निर्माण प्रकृयामा सहभागी हुने मौका मिल्ने बताउनुभयो । अन्ततोगत्वा यो परियोजना आर्थिक रुपमा सम्भाव्य भएकाले ऋण तथा इक्वीटी लगानीका लागि समेत अत्यन्त आकर्षक अवसर भएकोमा समेत जोशीले जोड दिनुभयो । आर्थिक र प्राविधिक रुपमा सम्भाब्य परियोजना भएकाले राष्टिय गौरबको यो पुर्वाधारको निर्माण स्वदेशी श्रोतबाटै सम्पन्न गर्न नेपालको वित्तिय क्षेत्र सक्षम रहेको प्रमाणित गर्नु पर्ने आवश्यकता पनि उहाले औल्याउनुभयो । यो परियोजनाको निर्माणसगै नेपाललाई एउटा शुन्दर र समृद्ध मुलुकका रुपमा रुपान्तरण गर्नसकिनेछ, र गर्बका साथ हामी भन्न सक्नेछौ, म पनि यसको एउटा हिस्सेदार हु, कार्यक्रममा जोशीले भन्नुभयो । यस कार्यको एउटा हिस्सेदार बनी हौसला प्रदान गर्नु भएकोमा भवन भट्टलाई धन्यवाद समेत दिन चाहन्छु ।

नेपाल पुर्वाधार विकास कम्पनीले नेपालमा लगानी गर्न इच्छुक सबै नेपालीलाई यो परियोजनामार्फत लगानी गर्ने अवसर प्रदान गर्न चाहेको जोशीले बताउनुभयो । सर्वसाधारणलाई परियोजनाको शुरुवात देखिनै लगानी मार्फत संलग्न हुने अवसर प्रदान गर्न यस कार्यको लागि नियुक्त मर्चेन्ट बैंकरहरु मार्फत धितोपत्र बोर्डमा प्रस्ताव पठाईसकेको सो कार्यको संयोजन यस कम्पनीको वित्तिय परामर्शदाता कम्पनी कृति क्यापिटल एण्ड इन्भेस्टमेन्ट्स् लिमिटेड गरिरहेको छ ।

हस्ताक्षर समारोहमा टीबीआई होल्डिड्का अध्यक्ष भवन भट्टले यो अत्यन्त आकर्षक परियोजना मात्र नभएर देशको सेवा गर्ने अवसरसमेत भएको बताउनुभयो । व्यावसायिक रुपमा उच्च सम्भावना भएको यो राजमार्गले लगानीका विभिन्न आयामहरु खोल्ने बताउदै भट्टले देशमै आशा र सम्भावनाको ढोका पनि खोल्ने विचार व्यक्त गर्नुभयो । यो राजमार्गले काठमाडौलाई हेटौडासम्ममात्र जोड्ने नभएर नेपाल र नेपालीकै खुशी, सहजता, बचत र समृद्धिलाई एकाकार गर्नेछ, भट्टले भन्नुभयो ।

कुशकुमार जोशी
अध्यक्ष
नेपाल पूर्वाधार विकास कम्पनी लि.



नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले काठमाण्डौ–कुलेखानी–हेटौडा सुरुङमार्गको कार्य प्रारम्भ

NPBCL नेपाल पूर्वाधार विकास कम्पनी लिमिटेडले राष्ट्रिय महत्वको काठमाण्डौ–कुलेखानी–हेटौडा–सुरुङमार्गको पूर्व तयारी तथा प्रारम्भिक चरणको निर्माण कार्य पूर्व निर्धारित लक्ष्य अनुसार गत २०७०/७/२५ गते सोमबार देखि मकवानपुर जिल्लाको भिमफेदी गा.वि.स. वडा नं ३, कोलडाडाबाट प्रारम्भ गरेको छ । कम्पनीका अध्यक्ष कुशकुमार जोशीले भब्य कार्यक्रमका विच निर्माणकार्यको शुभारम्भ गर्नु भएको थियो । गत आश्विन ७ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले सुरुङमार्ग निर्माणकार्य प्रारम्भ गर्ने मिति निर्धारण गरेको थियो । नेपाल सरकारसँगको सम्झौता बमोजिम निश्चित समय भित्र यो परियोजनाको निर्माण कार्य सम्पन्न गर्नु पर्ने भएकोले उक्त दिनबाट कार्य प्रारम्भ गरिएको हो ।

कम्पनीको बृहत एवं औपचारिक कार्यक्रम गरी सुरुङमार्ग निर्माणको शुभारम्भ गर्ने कार्यक्रम रहेको भए पनि आसन्न संविधानसभाको निर्वाचन आचारसंहिता तथा निर्वाचन कार्यक्रम लगायतका अन्य विषयहरुलाई कुनै असर नपुग्ने गरी यो प्रारम्भिक निर्माण कार्य मात्र प्रारम्भ गरिएको हो । सुरुङमार्ग निर्माणको अवधारणाप्रति सबै राजनीतिक दल, आम शुभचिन्तकहरु, लगानीकर्ताहरुको सहयोग र समर्थन पाएरनै हामी यो परियोजनालाई मूर्तरुप दिने अवस्थामा आइपुगेका हौ ।

विकास निर्माणसँग सम्बद्ध कार्य सबैको साझा कार्यक्रम भएको र सार्वजनिक– निजी– जनता साझेदारी (फोर पी) मोडलको पहिलो परियोजना भएकोले यसले कसैलाई पनि कुनै प्रकारको असर नहुने गरी निर्माण कार्यको थालनी गरिएको हो । हामीले सुरु गर्न लागेको परियोजना कुनै राजनीतिक वाद नभई आमजनताको विकासको चाहना हो भन्ने सबै राजनीतिक दलले बुझिदिनुहुनेछ भन्ने हाम्रो ठम्याई छ । यो परियोजनासँग जोडिनुभएका तमाम लगानीकर्तालाई तोकिएको समयमा परियोजना निर्माण सम्पन्न गरेर प्रतिफल दिनुपर्ने अवस्थालाई पनि सबै राजनीतिक दलहरुले बुझिदिनुहुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । हामी आसन्न संविधानसभा निर्वाचन पछि निर्माण कार्य द्रुत्ततर गतिमा अगाडी बढाइने प्रतिवद्धता व्यक्त गर्दछौ ।


प्रथम वार्षिक साधारण सभा सम्पन्न
(प्रेस विज्ञप्ती)

NPBCL First Annual General Meeting निजि लगानीमा पूर्वाधारहरुको निर्माण गरी समृद्ध एवं सम्पन्न राष्ट्र निर्माण गर्ने उदेश्य राखी उद्योगी/व्यवसायी, प्राविधिज्ञ, निर्माण व्यवसायी, स्थानीय जनता तथा निकायबाट नेपाल पूर्वाधार विकास कम्पनी लि. स्थापना गरिएको थियो र सो कम्पनीले हिजो मिति २०७०-०६-०७ मा आफ्नो प्रथम वार्षिक साधारण सभा समेत सम्पन्न गरेको छ ।

उक्त साधारण सभाको सर्बसम्मत निर्णयबाट कुशकुमार जोशी, जयराम लामिछाने, प्रदिपजंग पाण्डे, सुकुन्तलाल हिराचन र सुभास चन्द्र ठकुरी रहनु भएको पाँच जना सञ्चालक समितिका सदस्यहरु निर्वाचित हुनु भएको छ । उक्त नवनिर्वाचित सञ्चालक समितिको तत्काल सम्पन्न बैठकबाट सर्बसम्मतिले सञ्चालक समतिको अध्यक्षमा कुशकुमार जोशी निर्वाचित हुनुभएको छ । सोही समितिको हिजो कै मितिमा बसेको बैठकले संचालक समितिको अन्य रिक्त सदस्यहरुमा सिद्धिलाल श्रेष्ठ, मोहन बस्नेत र राजुमान महर्जनलाई नियुक्त गरेको छ । त्यसै गरी स्वतन्त्र सञ्चालकहरुमा ई. लाल कृष्ण के. सी. र नुगल आनन्द बैद्यलाई मनोनयन गरेको छ भने सोही बैठकले लाल कृष्ण के. सी. लाई उपाध्यक्षमा मनोनयन गरेको छ । त्यसैगरी साधारण सभाले काठमाण्डौ – कुलेखानी – हेटौडा – सुरुङ्गमार्ग परियोजनामा सहभागी हुन चाहने बढी भन्दा बढी लागनीकर्तालाई व्यक्तिगत तथा समुहगत रुपमा समाबेस गराउन सहज हुने गरि निती बनाउने निर्णय समेत गरेको छ ।

सञ्चालक समितिले कम्पनीले अघिसारेको सर्वाधिक चासो एवं महत्वको काठमाण्डौ–कुलेखानी–हेटौडा–सुरुङ्गमार्ग निर्माण कार्यको शुभारम्भको मिति तय गरिएको छ । हरेक दृष्टिकोणले यहि आउदो २०७० कार्तिक २५ गते सोमबारका दिनलाई उपयुक्त ठानी त्यसै दिन निर्माण कार्यको शुभारम्भ गर्ने निर्णय गरिएको छ । उक्त दिनबाट यो मार्गको निर्माण कार्य सुरुवात भई निरन्तर रुपममा अगाडी बढ्ने र निर्धारित समयमा नै सम्पन्न गर्ने निर्णय समेत गरिएको छ ।

नवनिर्वाचित संचालक समितिका तर्फबाट कम्पनीलाई यस अवस्थासम्म ल्याउन सहयोग गर्ने निवर्तमान संचालक समितिका सदस्यहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका कर्मचारीहरु, निर्माण ब्यवसायीहरु, प्राविधिकहरु, स्थानीय जनता एवं निकायहरु, राष्ट्रप्रेमी जनसमुदाय, सम्पूर्ण राजनीतिकदलका कार्यकर्ताहरु, नेपाल सरकार तथा सञ्चार जगत एवं सरोकार राख्नुहुने सम्पुर्ण पक्षबाट प्राप्त सहयोग, समर्थन एवं सद्भावको लागि हार्दिक आभार व्यक्त, गर्दै निरन्तर सहयोग एवं सद्भावको अपेक्षा सहित धन्यवाद ज्ञापन गर्दछौ।

धन्यवाद

कुशकुमार जोशी
अध्यक्ष
नेपाल पूर्वाधार विकास कम्पनी लि.
मिति : २०७०-६-८


 

  Our main channels



Youtube